राज छत्कुली-नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन इजरायल जनसम्पर्क समितिको पहिलो एतिहासिक अधिवेशन गत शुक्रबार तेलअभिवको एक हलमा भव्य रुपमा सम्पन्न भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल सरकारका सामान्य प्रशासन माननीय मन्त्रि केशव कुमार बुढाथोकीको प्रमुख आतिथ्यता,नेपाली राजदुताबास र्इजरायलका प्रथम सचिव हरिहर पौडेल र नेपालबाटअाउनु भएका किर्तिपुर नगर विकास समितिका सभापति तथा युवा नेता कृष्णमान डंगोलको बिशेष आतिथ्यता तथा जनसम्पर्क समिति इजरायलका सभापति दिपेन्द्र थापाको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रमा मन्त्री केशव कुमार बुढाथोकी धर्मपत्नी, सुपुत्री र स्वकिय उप-सचिब तिर्थ खनाल र सहयोगी प्रमोद ढुंगाना बिशिष्ट अतिथी रहनु भएको थियाे । उक्त कार्यक्रममा इजरायलमा क्रयाशील प्राय राजनीतिक, सामाजिक, जातीय र धार्मिक संघ संस्थाका प्रतिनिधिहरु तथा नेपाली कांग्रेसप्रति आस्थावान इजरायलमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।
नेपालबाट पाल्नु भएका माननीय मन्त्रि श्री केशव कुमार बुढाथोकीले पानसमा बत्ति बालि नेपाली जनसम्पर्क समिति इजरायलको पहिलो एतिहासिक अधिवेशन समुद्घाटन गर्नुभएको थियो। उक्त्त कार्यक्रममा निर्वाचन समितिका संयोजक तथा बरिष्ट सल्लाहाकार सुवास खरेलले सर्व सहमतिले चयन भएका कार्यसमितिको नामावली प्रस्तुत गर्दै शुभकामना मन्तव्य दिनु भएको थियो। साथै नव-निर्वाचित प्रथम उप-सभापति दिपिका भुसालले आमन्त्रित सबै आगन्तुकहरुलाई स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो । प्रवक्ता राज छत्कुलिले समितिको गतिविधिको बारेमा जानकारी दिनु भएको थियो। कार्यक्रममा सदस्य सुवास खरेल सुबुले आफ्नो मन्तव्य राख्नु भएको थियो।
प्रमुख अतिथि माननीय मन्त्रि श्री केशव कुमार बुढाथोकीले नेपालमा चलिआएको र चलिरहेको राजनीतिक विषय वस्तुमा लामो अनुभव साट्दै नेपाली कांग्रेसले सबैको भावना समेट्दै देश विकासमा अघि बढाउने बताउदै नयाँ कार्यसमितिका पधाधिकारिलाई प्रमाण पत्र र सल्लाहाकारहरु लाई सम्मान पत्रका साथमा सफल कार्यकालको शुभकामान दिदै कार्यक्रमको समिक्षा सहित घोषणा गर्नु भएको थियो। त्यसै गरि विशेष अतिथि नेपाली राजदुताबास इर्जरायलका प्रथम सचिव हरिहर पौडेल र कार्यक्रमका विशेष अतिथि कृष्णमान डंगोलले नयाँ कार्य समितिलाई शुभकामाना दिदै आ-आफ्ना विचार राख्नु भएको थियो।
कार्यक्रमको लागि केन्द्रबाट पाल्नु भएका प्रमुख अतिथी माननिय मन्त्री केशब कुमार बुढाथोकी र बिशेष अतिथी कृष्णमान डंगोललाई जनसम्पर्क समितिका सभापती दीपेन्द्र थापा र निर्वाचन समितिका संयोजन तथा बरिष्ट सल्लाहाकार सुबाश खरेलले दोसल्ला ओडाइ सम्मान गर्दै कदर पत्र र मायाको चिनो प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा प्रवासी मन्च इजरायलका अध्यक्ष तिर्थ गौतम,नयाँ शक्ती नेपाल इजरायलका संयोजक बि बि लामा,संघिय समाजबादी इजरायलका अध्यक्ष सुन्दर सिङ तामागं,जनजाती महासंघ इजरायलकी अध्यक्ष निर्मला गुरुङ र एनआरएन आईसिसी इजरायलका अध्यक्ष दिपक ओलीले नयाँ कार्यसमितीलाई शुभकामना दिदै आ-आफ्नो मन्तब्य राख्नु भएको थियो।
खगेश्वर अधिकारि र गौरिमाया सुबेदिले संचालन गर्नु भएको उक्त कार्यक्रमका सभापति दीपेन्द्र थापाले बिभिन्न बाधा र अबरोध परिस्थितिको बाबजुत पनि तोकिएको समयमा अधिबशन सम्पन गराउन सफल भएकोमा सबै नेपाली कांग्रेसमा आस्थावन इजरायलमा कार्यरत साथीहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको धोषणा गर्नु भएको थियो।
नेपाली जनसम्पर्क समितिको पहिलो अधिबेसनबाट चयन भएका कार्यसमिती ।
– दिपेन्द्र थापा – सभापति (सुनसरी)
– डम्बर गुरुङ – वरिष्ठ उपसभापति (लम्जुङ)
– दिपिका भुषाल – प्रथम उपसभापति (पर्बत)
– राजेन्द्र खनाल – द्धतिय उपसभापति स्याङ्जा (हाल रुपन्देही)
– नितु कार्की – तृतिय उपसभापति (काठमाडौँ)
– अर्जुन पौडेल – महामन्त्री (नवलपरासी)
– उषा भुषाल – महामन्त्री (रुपन्देही)
– गौरिमाया सुवेदी – सह-महामन्त्री (चितवन)
– देबि खरेल पान्डे – कोषाध्यक्ष (झापा)
– सुर्या राना-सह- कोषाध्यक्ष (कास्कि)
– राज छत्कुली – प्रबक्ता (धादिङ)
– इन्दिरा सुवेदी महिला बिभाग प्रमुख (सुनसरी)
– भक्ती सापकोटा-संगठन बिभाग प्रमुख (रुपन्देही)
– सुजता गौतम-बिदेश बिभाग प्रमुख (मोरङ)
– मुना अधिकारी- सांस्कृतिक बिभाग प्रमुख (झापा)
सदस्यहरु
– सुबाश खरेल सुबु (काभ्रे)
– खगेस्वोर अधिकारी (चितवन)
– खुसी गुरुङ (गोरखा)
– माया खनाल (रुपन्देही)
– मिनु शर्मा पान्डे (नवलपरासी)
– देबि सुवेदी (नवलपरासी)
– किर्तिनिधी भट्टराई (झापा)
– सरिता बिस्ट (मोरङ)
– सुरेन गुरुङ (तनहुँ)
– गान्धारी मिश्र (झापा)
– तिर्थ नेपाल (चितवन)
– ज्योती कोइराला (मकवानपुर)
– रेखा खनाल (नुवाकोट)
– तुलसा पोख्रेल (चितवन)
– भगवती देब राज (रुपन्देही)