कमला हमाल, नेपालगन्ज,२२ माघ
परम्परागत पोषिला एंव स्थानीय खाद्य पदार्थको प्रर्बद्धन गरौं, असल पोषणका लागि खानामा पनि सन्तुलित आहारको खाना खाने वानी बसालौ । भन्ने मुल नाराका साथ नेपालगन्जमा आजदेखि खाद्य मेला २०७३ सुरु भएको छ ।
मेला कृषि मन्त्री गौरीशंकर चौधरीले उद्घाटन गर्नुभएको छ । उदघाटन शत्रमा बोल्दै मन्त्री चौधरीले कृषकहरुका लागि पेन्सन पाउने ऐन विधेयक यसै सरकारको पालामा आउने बताउनुभएको छ । कृषिमा किसानका लागि अवको १० बर्षभित्र अवसरै अवसर ल्याउने उहाँले बताउनुभयो । वेमौसमी खेतीमा समेत राज्यको ध्यान गएको बताउदै मन्त्री चौधरीले भन्नुभयो । केही समयपछि नेपाललाई खाद्य मुक्त गराउने प्रतिवद्धता गर्नुभएको छ ।
खाद्य मेलाको विभिन्न कला सस्कृतिहरुको प्रर्दशन समेत गरिएको छ । दुई दिन चल्ने खाद्य मेलामा कृषि महानिर्देशनका संजिव कर्ण, कृषि निर्देशनालय सुर्खेतका क्षेत्रिय निर्देशक शिव नारायाण चौधरी, प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, राजनितिक दलका नेता तथा प्रतिनिधि, स्थानिय कार्यालयका कर्मचारी, प्रहरी प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।
पराम्परागत खाद्य पदार्थको प्रर्बद्धन गरी पोषणमा सुधार ल्याउने उद्देश्यले खाद्य मेलाको आयोजना गरिएको थियो । कृषि मन्त्रालय अन्तर्गत क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको आयोजनामा भएको खाद्य मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको कार्यालयका प्रमख विमल दाहालले जानकारी दिनु भएको थियो ।
रामलिला मैदानमा आयोजित मेलामा ६९ बढी स्टलहरु रहेका छन । दुई दिन सम्म चल्ने मेलामा प्रवेश निःशुल्क रहेको हुँदा जो कोहीले पनि मेला अवलोकन गर्न सक्ने र धेरै भन्दा धेरैको मेलामा अवलोकन हुने बताईएको छ । मेलामा भोलि आइतवार राष्ट्रिय गायीका कोमल ओली तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती हुने आयोजकले जनाईएको छ ।