पत्रकार महासंघ युरोप शाखा र जन संपर्क समिती,बेल्जियम बिचको सम्बन्ध अहिले चिसिएको छ । यही चिसोपनमा खेल्ने निहु पाएका छन बिगत बर्ष देखी पत्रकार महासंघ युरोप शाखाको सिफारिसमा केन्द्रबाट अनुशासनको कार्वाही भोगिरहेका ददी सापकोटाले । उनी तीन बर्षको लागि बिशेष अवस्था बाहेक पत्रकार महसंघको सदस्य हुने छैनन । साथै उनिबाट सम्पादित र प्रकाशिस सुचना सामाग्री उपर महासंघले कृया प्रतिकृया दिइ रहन जरुरी सम्झने छैन । अहिले जन संपर्क समिती र पत्रकार महासंघ बिचको सम्बन्धमा उनका मिति नाघेका तुसहरु चुहिन थालेका छन । सडकभरि कनिका छर्न र पत्रकार महासंघ बिच भ्रम छर्न उनले सकेसम्म कोसिस गरिरहेका छन र गरिरहने प्रयत्नमा देखिन्छन । पहिले नै एउटा खन्डन मार्फत भनिएको थियो कि ” आफ्ना नेतृत्वका बिरुद्ध कपडा खोलेर घाममा सुकाउने प्रतिस्र्पधामा फ्रान्सका पत्रकार ददी सपकोटाको निजि ब्लग लागि परेको छ । सहकर्मिहरुको खालो उतार्न खप्पिस उनी र उनको ब्लग संसार भरिका पत्रकारहरुको हित बिपरित , पत्रकारितामा सह-अस्तित्व तथा आत्मा सम्मानको बिपरित केबल सहकर्मिको चरित्र हत्याको लागि राम्रैसँग लागि परेको बिगत केही समयका उनका प्रतिकृयालाई हेर्ने हो भने सहजै अनुमान गर्न सकिन्छ । गत बर्ष उनको कोपभाजनमा पत्रकार महासंघका अध्यक्ष र सिँगो नेत्रित्व पर्यो । जसको खन्डन अध्यक्ष डा महेन्द्र बिष्ट र युरोप शाखाले गरिसकेको छ ।
पत्रकार महासंघ युरोप शाखाका संस्थापक ददी सापकोटासँगको यो अन्तर्बिरोध दोश्रो अधिवेशनको सेरोफेरोबाट शुरु भएको थियो । ददी सापकोटाको संयोजकत्वमा लक्ष्मण देवकोटा र गुणराज शर्माको तीन सदस्य छानबिन समिति बनाएको थियो । त्यसले काम गर्न सकेन र छोटो समयको म्यान्डेट पाएको समितिले सम्पूर्ण सदस्यलाई दुइ बर्षजति अनिर्णयको बन्दी बनायो । सात महिनापछि केन्द्रले निकास दिन समिति नियुक्ती गरी पठाएको हो । त्यसपछि चुर भएको एउटा समुह पूर्वाग्रहले जल्दै बसेको रहेछ, हामीलाई त त्यति बेलासम्म उक्त समूहको कुरा थाहा हुन्नथ्यो । तर हाम्रो मान्यता जहिले पनि अराजकतामा रमाउने भन्दा पनि संगठन जीवित रहनु पर्छ, त्यो लेख्ने पत्रकारको लागि ढाडस बनिरहनु पर्छ भन्ने हो, थियो र हुनेछ । झन्डै दुई बर्षसम्म छानविनको प्रकृया अगाडि नबढाउने र आफ्नो सेरोफेरो बाहेक अन्यत्र नेतृत्व नजाओस्, बरु संस्था बिघटन होस् भन्ने आशय छानबिनको अक्तियारी पाएका ददिजिको देखियो भने अर्को केन्द्रले वाध्य भएर सहमतिमा समिती निर्माण गर्न वाध्य हुनु पर्यो । हामीले केन्द्रको निर्णयलाई बिशेष परिस्थितीबस समर्थन दिने हो, दियौ र संगठन जिबित राख्न सफल भयौ । एफ.एन.जे. पनि ट्रेड युनियन हो र यसमा पनि सबै समिति र त्यो द्वारा संगठित सदस्यहरु केन्द्रको माताहतमा हुन्छन । आन्तरिक वा प्रकृयागत बिरोध वा समर्थन संगठनको बिधी अनुसार हुन्छ र हुनु पर्छ । । नियम त उही हो आखिर सबै संगठनहरुको ।
एक पत्रकारबाट केही महिना अगाडि केन्द्रको नेत्रित्व बिरुद्ध गम्भिर आरोप लगाउनु दु:खद परिघटना थियो । कथित आरोपहरुद्वारा संगठनको आचारसंहिता तोड्ने काम एक जिम्मेवार पत्रकारबाट हुनुलाई कुनै पनि आबद्ध पत्रकारले सहज् रुपमा लिना सक्दैनथ्यो र शाखाको सिफारिशमा केन्द्रले ददी सापकोतालाई सदस्य समेत् निलम्बित हुनेगरी कार्वाही गरिसकेको अवस्था हो अहिले । उनले आचारसंहिताको महत्व, आरोपहरुको प्रयोग र प्रमाणिक बिधी बारे बुझ पचाएका हुन वा बुझाईको कमी हो उनै जानुन । पुराना पत्रकारबाटै अत्यन्त नीच, गालीगलौज, ब्याक्तिगत जीवनका निजी बसाइ प्रकृयालाई कानुनु दाँयारामा ल्याउन गरिएका युएनको शरणार्थी बिभागले गोपनियताको हकको ग्यारेन्टी गरेको बिषय समेत सन्जाल्मा सेयर गर्दै निचताको पराकास्टा देखाएका थिए । जसले सिंगो पत्रकारिता जगत एकपटक पत्रकार महोदयको रवैया देखेर गलल्ल हाँसेको थियो ।
उनी आँफै अदालत जस्तो आदेश तामेली गर्छन् र फलानो यस्तो उस्तो भनेर निर्णय समेत् सुनाउछन । त्यतिबेला यो काम न्यायालयको हो भन्ने कुरा भुसुक्कै बिर्सन्छन । जहाँ पनि उनको आदेश सर्बोपरी हुनुपर्ने ? समाज र संगठनका नैतीक मुल्य र मान्यता बिरुद्ध प्रहार गर्दै गरिने त्यो कस्तो खालको पत्रकारिता हो खै ?
अहिले पत्रकार महासँघ युरोप शाखा र जन संपर्क समितिको निर्वाचनमा शाखाका अध्यक्षमाथि भएको अपमानको बिषयमा बिबाद सृजना भएको छ । जसमा उनले झन बिबाद सुल्झाउने भन्दा पनि बखेदा झिक्दै पत्रकार कै मान मर्दन गर्ने हेतुले एउटा बिबादित बिश्लेशण उनको निजी ब्लक नेपाल प्लसमा लेखेका छन । जसमा उनले लेख्छन,”……..अहिले सिता सापकोटाले भारि मतले जितिन्, देउवा पक्षका माधव सापकोटालाई हराएर । त्यहि झोंकले पत्रकारहरुले जनसंपर्क समितिको न्युज बहिस्कार गर्ने भन्न थालेका छन् ।…. ” उनले पत्रकारमाथि लगाएको त्यो आरोप सोह्रै आना गलत भएको कुरा हामीले खन्डन गर्नै पर्दैन । हाम्रा अध्यक्ष केजिन राइलाई अपमान गरिएको भनेर सम्बन्धित संगठन कै निर्वाचन संयोजक ईन्द्र पकवानले स्विकार्दै सन्जाल्मा लेख्छन,”…….. केजीनजीलाई केहि असुविधा भएकै हो तर तपाईंँहरूलाई त हामीले बकाइदा निम्तो दिएको हो नि । जनसम्पर्क समितिमा सदस्य भएका पत्रकार किन उफ्रेका हुन ??? गज्जब छ बा ।” जन संपर्क समितिको निर्वाचन आयुक्तको यो भनाइले सिता सापकोटाले जितेकोले पत्रकारहरुले बिरोध गरेका हुन भन्ने आरोपलाई गजबसँग खण्डन गरिदिएको छ। ददीजिको सो भनाइबाट थाहा हुन्छ उनी पत्रकारहरु प्रती कती पुर्वाग्रही रहेछन भनेर । हामीले कमसेकम त्यो अपमान प्रती प्रकृयागत रुपमा दुखी बनिदिनुस् र गल्ती औपचारिक रुपमा स्विकारी दिनुस् मात्र भनेका हौ ।
अर्को कुरा सन्तोष न्यौपाने स्वयम जन संपर्क समितिको मत्दाता भएकोले जान दिएको भनेर निर्वाचन सदस्य सचिवले म सँग भनेका थिए । म् पनि भित्र गएको कुरा सत्य हो तर फोटो र भिडियो नखिच्ने शर्त सहित । पछी केजिन जि सँग जादा अपमान भएकै हो । जुन कुरा निर्वाचन आयुक्तले स्विकारी सक्नु भएकोले ददिजिले देखेझैँ गरेर झुट बक्नुको कुनै तुक छैन ।
“..पत्रकार सन्तोष न्युपानेको बारेमा चुइक्क बोलेनन..” भन्ने आरोपबारे भन्नु केही छैन,किनकी उनिमाथि हात्पात हुँदा एउटा राजनैतिक् संगठनको एक बर्ष रिपोर्टिङ बहिस्कार गरेको दुनियाँलाई थाहा छ । त्यो मात्रै नभएर पटक पटक गरी उनीमाथि धम्की आउँदा थुप्रै पटक बिरोधमा बक्तब्य निकालेको छ संघठनले । जुन सन्तोषको लागि केही पनि हैन जस्तो गरी आरोप लगाएका छन ददिले । आवश्यक परे ति बक्तब्य हेर्न आए हुन्छ सुरक्षित छन हामीसँग !
उनले बिना तुकको आरोप लाउदै ठोकुवा गर्दछन,-“नेपाल पत्रकार महासंघ युरोप शाखा यसैपनि बैधानिकरुपमा कहिँ कतै दर्ता छैन । नेपाल पत्रकार महासंघ युरोप शाखाका प्रतिनिधी टिको लगाएर आएका, निगाहाले पद लिएका छन् ।” उनलाई थाहा नभएको हो भने थाहा होस् पत्रकार महासंघ युरोप शाखा इ यु को नियम अनुसार गत बर्ष नै दर्ता भै सकेको छ र यसको दर्ता नम्बर ०६६६६३३२९० हो । थाहा नभएको कुरा नबुझी किन कलम मसीको दुरुपायोग ? यसले तपाईंको विश्वाशनियता बचाउला वा सामप्त पार्ला तपाईं आँफैले सोच्ने कुरा हो महोदय ।
अधिवेशनको प्रकृया बारे हाम्रा पनि असन्तुस्टी र चासा रहेका हुन । तर अब अनुशासनको प्रकृया अनुसार केन्द्रले दिएको बिकल्प बाहेक अन्य कुनै बिकल्प रहेन । अधिवेशन अब धेरै टाढा जादैन छिट्टै हुन्छ, संगठनको बिघटन चाहनेले अधिवेशन्को बारेमा चासो नराखेकै बेश । उनले लगाएका आरोपहरु पनि हेर्नुस् कती झुट र पुर्वग्रही छन ।
हामी के कुरा पनि भन्दै छौं भने लेखिएको वा लेखाउन लगाइएको त्यो टिप्पणी निरर्थक मात्र हैन स्वयम जन संपर्क वालाहरुको लागि पनि घातक छ । मिल्दै गरेका वा मिलाई सकिएका निबर्तमान र भुपु कार्यकारीहरुका प्रयासलाई पुरानो घाउमा छर्कन बनाइएको मसलाले पानी खन्याउने काम गरेको छ । न त चुनाबि समिकरण नेपालको समिकरण अनुसार थियो । त्यो यहिको मौलिक समिकरण थियो जसलाई नेपालका गुठ उपगुठको उपहार बनाएर खेल्ने प्रयत्न गरेका छन कथित बिश्लेशकले । जस्को खन्डन तर्फ सरोकार्वालाहरुको ध्यान जानु पर्ने हो ।