चारदिशा, काठमान्डौ
गैर आबासीय नेपाली संघको काठमाडौंमा अक्टोबर चौधबाट सुरु हुने आठौ महाधिबेशनमा संघका अन्तरराष्ट्रिय समन्वय परिषदका सदस्य एबम संयुक्त राज्य अमेरिकाका चर्चित कानुन ब्यबसायी बरिष्ठ अधिबक्ता खगेन्द्र जिसीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन ।
संघको स्थापना दिबसका दिन बुधवार अपरान्ह तीन बजे होटेल अन्नपूर्णमा पत्रकार सम्मेलनको आयोजना गरेर जिसीले आफ्नो आगामी कार्ययोजना र संघको ब्रिहत्तर परिवर्तनका एजेन्डा सहित आफ्नो उम्मेद्बारी घोषणा गर्ने जनाएका छन ।
गैर आबासीय नेपाली संघ आफ्नो सामाजिक छबी कायम राख्न असमर्थ हुँदै गएको र सिमित स्वार्थ समुहको घेराबन्दिमा परेको महशुस लाखौं प्रबासी नेपालीहरुले गरेकोले उनीहरुको भाबनाको कदर गर्दै आफुले यस प्रबासी नेपालीहरुको छाता संगठनको नेत्रित्व लिन चाहेको बताएका छन ।
मध्यपुर्बका श्रमिक नेपाली साथीहरु देखि विश्वाका प्रख्यात ब्याबसायिक र प्राग्ज्ञिक संस्थानहरुमा काम गर्ने बौद्धिक र ब्यबसायिक ब्यक्तीहरुलाई अपनत्व महसुस गराउने गरी आफुले सङ्गठन चलाऊने र मात्रिभुमीको सम्ब्रिद्धिका लागि सबैलाई एकजुट बनाएर अभियानमा संलग्न गराउने आफ्नो प्राथमिकता रहने प्रतिबद्धता पनि ब्यक्त गरेका छन ।
जिसीले भोली हुने पत्रकार सम्मेलनमा एनआरएन अभियानका अग्रजहरु , जन सम्पर्क समिति सम्बद्ध पदाधिकारीहरु, बिभिन्न संचार माध्यमसँग सम्बन्धित र स्वतन्त्र पत्रकार लगायत सबै सुभेक्षुकहरुलाई उपस्थित भैदिन पनि आब्ह्वान गरेका छन ।