चारदिशा सम्बाददाता बेल्जियम
गैर आबसिय नेपाली संघ बेल्जियमको नियमित वार्षिक साधारण सभा आईतवार २३ अक्टोबरमा हुँदैछ । संस्थाले बर्षभरी गरेका कृयाकलापको मुल्याङ्कन र आगामी बर्षका लागी कार्ययोजना तय गर्नुपर्ने यस् साधारण सभाको तयारी पुरा भएको संस्थाका महासचिब लोक दाहालले बाताएका छन । साधारण शभाको उद्घाटनका लागि नेपाली दुताबास बेल्जियमका कार्यबाहक राजदुत घनश्याम भण्डारीलाई प्रमुख अतिथी र बिशिष्ठ अतिथिको रुपमा गैर आबासिय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तलाई आमन्त्रण गरिएको छ ।
बेल्जियममा सक्रिय संघसंस्थाहरुलाई पनि अतिथिको रुपमा उपस्थित हुन निमन्त्रणा गरिएको छ, साथै सम्पूर्ण पन्जिक्रित सदस्यहरुलाई पनि कार्यक्रममा उपस्थित भएर आफ्ना सल्लाह सुझाब दिनु हुनका लागि पत्राचार एबम सार्वजनिक सुचना जारी गरिएको छ ।
संघले भुकम्प पछीको पुनर्निर्माणमा केन्द्रले घोषणा गरेका कार्यक्रमलाई बेल्जियमको तर्फ बाट पूर्ण सहयोग गर्ने बेल्जियममा सान्स्कृतिक केन्द्र निर्माणका लागि सबै संघ संस्थाको सहकार्यमा काम अगाडि बढाउने, बेल्जियमबासी नेपालीहरु तथ्यान्क सँकलन गर्ने, युबा एन आर एन हरुको लागि कार्यक्रम सन्चालन गर्ने लगायतका योजनाहरु अगाडि बढाउनका लागि पंजिक्रित सदस्यहरुबाट अनुमोदन प्राप्त गर्ने लक्ष्य राखेको छ ।
सधैंका बर्षझै यस् बर्ष पनि संस्थाले गरेका कामको मुल्याङ्कन त हुनेनै छ, त्यस भन्दा बढी संघले २०१३ मा भएको आसेन्ता मेलाको अनियमितता र मानब ओसारपसार सम्बन्धी आरोपका बारेमा छानबिन गर्न गठन गरिएको पूर्व अध्यक्ष जानकी गुरुङको सन्योजकत्वको समितिले बुझाएको छानबिन प्रतिबेदनको सार्वजनिक गर्ने बिषयले महत्व पाएको छ । समितिले वार्षिक साधारण सभामा सो प्रतिबेदन पढेर सुनाउने निर्णय सार्वजनिक गरेको छ ।
गैर आबासीय नेपाली संघ बेल्जियमको पारदर्शिता र प्रभाबकारीतालाई असर गर्ने यो बिषयले कसरी पार पाउछ सबै संस्थाका सुभेछुक र सदस्यहरुको चासो रहेको छ ।