रोम । ईटालीको मध्यभागमा वुधवार विहान ३: ३६ वजे आएको विनाशकारी भुकम्पले कम्तिमा पनि ३८ जनाको ज्यान गएको, १५० भन्दा वढी वेपत्ता र सयौ घाइते भएका छन् । रोमवाट झण्डै सय किलोमिटरको दुरीमा रहेको आमत्रिचे , आकुमोलि र आर्क्वाटा नगरपालिकालाई केन्द्र पार्ने गएको ६ रेक्टर हेक्टरको भूइँचालोले पुर्याएको धनजनको क्षतिको विवरण आउन क्रम जारी नै छ । वढी प्रभावित एकुमुली नगरपालिकामा एकै परिवारका चारजनाको मृत्यु भएको रेडक्रशलाई उधृत गर्दै रोमवाट प्रकाशित हुने रिपुव्लिका पत्रिकाले जनाएको छ ।
रोम निवासी रामहरि खकुरेलले दिएको जानकारीअनुसार यस घटनाका हालसम्म कुनै पनि नेपालीहरु दुर्घटनाका परेको समाचार आएको छैन ।